उपभोक्ता अदालत स्थापना गर्छुः कानूनमन्त्री गिरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 11:33:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले आफ्नौ कार्यकालमा उपभोक्ता अदालत स्थापना गर्न पहल गर्ने बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धन मञ्च र उपभोक्ता संरक्षण मञ्चले संयुक्त आयोजनामा गरेको कार्यक्रममा कानूनमन्त्री गिरीले उपभोक्ता अदालतले मात्रै उपभोक्ताको हित अधिकारको संरक्षण गर्ने बताए । 

सर्वोच्च अदालतले समेत ७ वटै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको र कानून मन्त्रालयअन्तर्गत गठित कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औंल्याएकाले आफूले छिटोभन्दा छिटो उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने मन्त्री गिरीको भनाइ छ । 

उनले भने, ‘हामी उपभोक्ताहरु जुनसुकै तरिकाले ठगिएको होस्, शोषणमा परेको होस्, उसको स्वास्थ्य र उसको विविध पक्षमा भएका क्षतिहरु हुन् त्यो विषय हाम्रो प्राथमिकतामा कहिल्यै छैन । जसले गर्दा उपभोक्ताहरू अन्यायमा परिरहेका छन् । यस्ता मुद्दा प्राथमिकतामा परेर छिटै फैसला हुने अवस्था छैन । त्यसकारण उपभोक्ताको हित र अधिकारलाई संरक्षण गर्न म मन्त्री रहँदै गर्दा उपभोक्ता अदालत टुंगोमा पुर्‍याउनेछु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved