आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 09:15:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।आजको बैठकमा विभिन्न विधेयक पेश हुने तथा प्रि बजेट छलफल गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०" का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री एवं गृह मन्त्री रबि लामिछानेले "राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै आज आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved