नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 09:32:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडामा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेको समयमा दुम्जास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर छेउमा कुकर बम विस्फोट भएको हो ।

विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट घटनास्थल पुगेको टोलीले टेलिकमको टावर परिसरभित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, पेट्रोलको गन्ध आउने दुई वटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको छ ।

घटनाको अनुसन्धान सुरु भइसकेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved