एमालेले भन्योः सुन तस्करी प्रकरणमा हामीले उठाएको विषय सही सावित भयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 12:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि विगतमा उठाएको विषय अहिले प्रमाणित भएको बताएको छ । तत्कालीन समयमा सुन तस्करी प्रकरणमा ठूला नेताहरुको समेत संलग्नता देखिएपछि यसलाई निष्कर्षमा पुर्याउन छानबिन आयोग गठनको माग गरिएको र यसका लागि संसदमा दबाब दिइएको विषय अहिले सही सावित भएको एमालेले बताएको छ । 

पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई मुद्दा चलाउनसहित अनुसन्धानमा त्रुटी गर्ने सीआईबीका अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ । यसपछि नेकपा एमालेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोग गठन गर्न त्यसबेला एमालेले दिएको दबाब अहिले सही सावित भएको बताएका हुन् । 

‘हामीले सरकारका उच्च अधिकारी र उच्च पदस्थ व्यक्तिको संलग्नता नभई टनका टन सुन तस्करी हुन नसक्ने भनेर आयोगको माग गरेका थियौँ, हाम्रो मागमा त्यसबेला निकै विवाद र वहस भयो तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने पुष्टि भयो’ उनले भने, ‘तत्कालिन समयमा हामी आयोग गठन हुनुपर्छ भनेर माग गर्ने ठाउँमा थियौं, अहिले त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा छौँ ।’

प्रमुख सचेतक बर्तौलाले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved