महरासहित थप ७ जनालाई मुद्दा चलाउन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 01:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

६० किलो सुन र भेपमा सुन राखेर ल्याएको प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित थप ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन प्रकरणको जाँचबुझ गर्न गठित आयोगले महरासहित थप ७ जनालाई पूरक अभियोगमार्फत मुद्दा चलाउन सिफारिस गरेको हो । 

आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । 

मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि पुरक अभियोग लगाउन आयोगले सिफारिस गरेको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ ।

जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका सीईओ हुन् ।

गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved