गृहमन्त्रीले भने, ‘सुन तस्करी प्रकरणमा उच्च अधिकारीबाटै बयान च्यातियो, आजै कारवाही थाल्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 01:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धानमै त्रुटी भएको सिफारिस समितिको निष्कर्षलाई स्वीकार गर्दै कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन ग्रहण गरेपछि गृहमन्त्री लामिछानेले २ घण्टा बढी समय लगाएर प्रतिवेदन अध्ययन गरेका थिए।

प्रतिवेदन अध्ययन गर्दा सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरूलाई नै बचाउने गरी अनुसन्धान गरिएको पाइएको गृहमन्त्री लामिछानेले बताएका छन् । उनले अनुसन्धानमा ग्याप देखिएको र संलग्नहरुलाई बचाउन खोजिएको पाइएकाले अनुसन्धान अधिकारीहरुलाई समेत कारबाही गर्ने बताएका छन् । 

उनले अभियुक्तहरूबाट बयान लिएको कागजसमेत च्यातेर प्रमाण नष्ट गर्ने कोसिस गरिएको समेत बताएका छन् । 

अनुसन्धानमा संलग्न अधिकारीहरूले नै बयान नष्ट गराउने र मुख्य अभियुक्तहरूलाई नै बचाउन खोजेको पाइयो, यो गम्भीर लापरवाही र अपराध हो हो,’ गृहमन्त्री लामिछानेले भने, ‘आजै गृहसचिव, आइजिपी सहितको बैठक बोलाएको छु ।’

उनले आजै कारबाही सुरु गर्ने समेत बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेकाले गृहमन्त्री लामिछानेले आजैबाट कारबाही अघि बढाउने तयारी गरेका छन् । सुरुमा सीआईबीकी प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी भएको बुझिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved