सुन तस्करीको जाँचबुझ प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 01:36:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । 

सुन तस्करी प्रकरणको जाँचबुझ गर्न बनेको आयोगले पूर्व सभामुख कृष्णबहादुर महरा लगायतलाई पुरक अभियोग लगाउन सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका हुन् । 

अनुसन्धानमा संलग्न अधिकारीहरुले नै बयान च्यातेको र अभियुक्तलाई उम्काएको र ति अधिकारीहरुलाई समेत कारबाहीको सिफारिस भएको छ । आयोगले सुझाव दिए लगत्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । 

गृहमन्त्रीले उक्त आयोगको सिफारिस कार्यान्वयन गर्ने तयारी थालिसकेका छन् । आजको मन्त्रिपरिषद बैठकबाट समेत उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हुने बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved