सञ्चालकमाथि गोली प्रहार गरी मनी ट्रान्सफरमा लुटपाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 03:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चालकमाथि गोली प्रहार गरी मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी आपराधिक समूहले गोली प्रहार गरि रकम लुटेको प्रहरीले जनाएको छ ।

तीन जनाको समूहमा हतियारसहित मोटरसाइकलमा आएका लुटेराहरुले गोली प्रहार गरि रकम लुटेको बताईएको छ । गोली चलाउने समूहलाई पक्राउ गरिएको  र उनीहरुको साथबाट हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ।

गोली लगेर घाइते भएका शाहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।  घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले उल्लेख गरेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved