कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्री नमान्ने, संसदको रोस्ट्रममा जानै दिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 04:28:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदको बेल घेराउ गरेको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गर्दै बेल घेराउ गरेको हो ।

दोस्रो बैठक सुरु हुना साथ सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृह मन्त्री रबि लामिछानेलाई "राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । लगत्तै नेपाली कांग्रेसका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका हुन् । जसका कारण गृहमन्त्री लामिछाने संसदको रोस्ट्रममा जानै पाएनन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन्, गृहमन्त्री राजीनामा दे’ भनी नारा लगाएका थिए ।

आजको पहिलो बैठकमा पनि नेपाली कांग्रेसले  सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जवाफ दिनु पर्ने माग गरेका थिए । प्रधानमन्त्रीले जवाफ नदिएसम्म लामिछानेले पेश गर्ने कुनै पनि प्रस्तावलाई कार्यसूचीमा लैजान नदिने अडान कांग्रेसको छ । जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

कांग्रेसको अवरोधपछि आइतबारसम्मको लागि बैठक स्थगित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved