रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधि नगर्न मन्त्री श्रेष्ठको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 10:46:17 AM मा प्रकाशित

laxmi  sunrise bank

 युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधि नगर्न निर्देशन दिएका छन् । दशरथ रंगशाला मैदानको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि नगर्न मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् ।

फिफा विश्वकप २०२६ छनौट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र बहराइन बीच हुने भनिएको दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भन्ने खबर प्राप्त भएको एवम् मैदानको नाजुक अवस्थाकै बीच मर्मतसंभार विनानै निरन्तर खेलकुद लगायत अन्य गतिविधिहरु भइरहेको तर्फ मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेल समेत बाहिरै खेल्नु पर्ने अवस्था आउनु दुःखद रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को ९ (झ)ले राष्ट्रिय खेलकुद परिषद्को काम, कर्तव्य र अधिकार क्षेत्र भित्र 'खेलकुद पुर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा स्पष्ट व्यवस्था गरेता पनि उक्त कार्य प्रभावकारी रुपमा भएको नदेखिएको मन्त्रालयको ठहर छ। सोही ऐनको दफा ९ (ड) ले परिषद्लाई स्पष्ट रुपमा खेलकुद सञ्चालन तथा पूर्वाधार निर्माण सम्बन्धि मापदण्ड बनाउन सक्ने आधार दिएको छ । त्यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २० (१ ले मन्त्रालय आफैले वा परिषद् मार्फत रंगशालाको मर्मत सम्भार गर्नसक्ने आधार दिएको छ । तर परिषदले यी काम नगरेको मन्त्रालयले जनाएको छ ।


त्यसैले उपर्युक्त कानुनी व्यवस्था अन्तर्गत रहेर राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्यौलताको छिट्टै अन्त्य गर्दै दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved