डा. बाबुराम भट्टराईको पार्टी फुट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 10:55:51 AM मा प्रकाशित

laxmi  sunrise bank

डा.बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । शनिवार नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहितको समुहले मावोवादी केन्द्रसँग पार्टी एकताको लागि सहमति गरेको छ।

बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । बैठले  पार्टी एकता गर्ने र एकीकृत पार्टीको नामको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ। त्यस्तै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरेको छ। कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव  रहेका छन्।

बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ सहभागी थिए। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved