भारतमा संसदीय चुनावको मिति घोषणा, जेष्ठ नागरिकको हकमा घर मै गएर मत लिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2024 | 04:33:52 PM मा प्रकाशित

laxmi sunrise bank

भारतको निर्वाचन आयोगले आगामी संसदीय चुनावको तालिका सार्वजनिक गरेको छ। भारत निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारले आज तालिका सार्वजनिक गरेका हुन् 

जस अनुसार संसदीय चुनाव ७ चरणमा हुने छ । पहिलो चरण १९ अप्रिलमा, दोस्रो चरण २६ अप्रिल, तेस्रो चरण मे, चौथो चरण १३ मे, पाँचौ चरण २० मे, छैठौ चरण २५ मे , र सातौ चरणको चुनाव १ जुनमा हुने छ । चुनाव ७ चरणमा भए पनि मतगणना भने देशभर एकै दिन अर्थात जुन ४ मा हुने छ 

भारतको तल्लो सदनको रुपमा चिनिने लोकसभा सदस्यको लागि निर्वाचन हुन लागेको हो । यो भारतमा हुन लागेको १८ औ लोक सभा चुनाव हो । ५४३ सिटको लागि चुनाव हुने छ । 

यो चुनावमा ९६ करोड ८० लाख मतदाता मत हाल्न योग्य रहेका छन् । जस मध्ये ४९.७ करोड पुरुष र ४७.१ करोड महिला रहेका छन्  जस मध्ये ८५ वर्ष भन्दा बढी उमेर रहेका मतदाताको संख्या ८२ लाख रहेको छ यस पटकको चुनावमा १.८ करोड जना पहिलो पटक मतदान गर्दै छन्  १९.७४ करोड जना मतदाता २० देखि २९ वर्ष उमेरक छन्। चुनावमा १० लाख बढी मतदान केन्द्र रहने छन्   ५५ लाख भन्दा बढी इलेक्ट्रिक भोटिंग मेशिन प्रयोग हुने छन् 

यस पटकको चुनावमा ८५ वर्ष भन्दा बढी उमेर रहेका मतदाताको घरमै गएर मत लिने व्यवस्था गरिएको भारत निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारले बताएका छन् । उनका अनुसार यदी उनीहरु मतदान केन्द्रमा आउँन चाहे आउँन सक्ने छन् । तर मतदान केन्द्रमा आउँन नचाहने र नसक्नेहरुको हकमा घर मै गएर मत संकलन गरिने छ। यो नियम ४० प्रतिशतभन्दा बढी अपांगता भएका व्यक्तिको हकमा पनि लागु हुने छ। 

यस अघिको चुनावमा ५४३ सिट मध्ये भारतीय जनता पार्टी एक्ल्यैले ५० प्रतिशत बढी सिट अर्थात् २९० सिट जितेको थियो । भारतीय जनता पार्टीपछि सर्वाधिक सिट जित्ने पार्टी भारतीय नेशनल कांग्रेस रहेको थियो, जसले ४६ सिट जितेको थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved