सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चूडामणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
हाल उनी कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका छन्।
बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा. हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । ति मध्येबाट पौडेल सचिव नियुक्त भएका हुन् ।