दुई हजारले पेन्सन बढाउन जागिर सकिन दुई दिन अघिनै सचिव भण्डारीले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 08:24:32 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि हजार पेन्सन बढी पाउने जागिरको अवधि सकिन केहि दिन अगाडी राजिनामा दिने चलनलाई सचिव  केवल प्रसाद भण्डारीले निरन्तरता दिएका छन।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  भण्डारीले अवकास सकिन दुई अगाडी राजिनामा दिएर यो चलनलाई निरन्तरता दिएका हुन।  

सचिव भण्डारीले स्वेच्छिक अवकाशका लागि दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । चैत ११ गते ५८ वर्षे उमेर हदको अनिवार्य अवकाश लिन थालेका सचिव भण्डारीले त्यसअघि नै स्वच्छिक अवकाशका लागि राजीनामा दिएका हुन् ।

निजामती ऐनमा सचिवले स्वच्छिक राजीनामा गरेको अवस्थामा नियमित सेवा भन्दा दुई पर्ष बढी सेवा गरेको मानि निवृत्तिभरण (पेन्सन) दिइने प्रावधान छ । उक्त सुविधाका लागि सचिवहरूले तोकिएको मिति अगाडि नै स्वच्छिक अवकाशका लागि राजीनामा दिने चलन नै भएको जानकारहरु बताउँछन् । 

एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार पाँचसयसम्म पेन्सन बढ्ने लोभमा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० बर्षे सेवा अवधि पुरा गरेका कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा केहि दिन अगाडी मात्रै राजिनामा दिने गरेका छन। 

यहि शृंखलालाई सचिव भण्डारीले पनि निरन्तरता दिएका हुन। चैत ११ गते अनिवार्य अवकाशमा जाँदै थिए भण्डारी। चैत ११ गते अवकाशमा गएको भए उनले पाउने पेन्सन दुई हजार हाराहारीमा कम हुन्थ्यो। तर दुई हजार बढी पाउन सचिव भण्डारीले दुई दिनअघि मात्रै राजिनामा दिएका हुन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved