संवैधानिक परिषदको बैठक बस्दै, महालेखा परीक्षक नियुक्तिको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 09:28:27 AM मा प्रकाशित

laxmi  sunrise bank

संवैधानिक परिषदको बैठक आज बस्दैछ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।

बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved