महालेखापरीक्षकमा तोयम राया सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 11:01:42 AM मा प्रकाशित

laxmi  sunrise bank

महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आज बसेको बैठकले राय लाई महालेखा परीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो ।

पूर्व अर्थसचिव रहिसकेका राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी (सचिव)को रुपमा कार्यरत छन्  । अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ। 

 गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । 

महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved