कतार जाने भए ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 04:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कतारलाई हात्ती उपहार दिने भएको छ । वैशाख ११ र १२ मा हुने कतारी अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार स्वरुप कतारलाई दिन लागिएको हो । 

यी दूबै हात्तीलाई कतार एयरलाइन्सको जहाजमार्फत कतार पठाइने भएको छ । 

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिवद्धताअनुसार जोडी हात्ती उपहार दिन लागिएको हो ।

नेपालले कुनै देशलाई हात्ती उपहार दिन लागेको यो पहिलोपटक हो ।

२०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली पोस्टमा जन्मिएको हात्तीको भाले छावा खगेन्द्रप्रसाद सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन् तथा तालिम केन्द्रमा हुर्किंदै छ । खगेन्द्रलाई जदुसिंह थारूले हुर्काउँदै आएका छन् ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी साढे ५ वर्षीया पोथी छावा रुद्रकलीलाई पनि कतार पठाउन लागिएको हो । हात्तीसँगै उनीहरुलाई रेखदेख गर्दै आइरहेका माहुतेहरुलाई पनि कतार पठाउने तयारी गरिएको छ ।

हालसम्म विभिन्न देशहरुलाई नेपालले ४७ वटा वन्यजन्तु उपहार दिइसकेको छ । यसमा सबैभन्दा धेरै २६ वटा गैँडा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved