मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश ल्याउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 08:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारमा बोलाईएको छ ।

आज बैठकले अध्यादेश ल्याउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने बताईएको छ । सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्षित् गर्दै विभिन्न ऐन संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको हो। सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि असहज रहेका ऐनलाई संशोधन गरेर लगानीको लागि सहज वातवरण बनाउन लागेको हो। 

स्रोतका अनुसार  अध्यादेशमार्फत विभिन्न ८ वटा ऐनका विभिन्न व्यवस्था संशोधन गरिने छ । भूमिसम्बन्धी ऐन, ०२१, जग्गा प्राप्ति ऐन, ०३४, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, ०६३, विशेष आर्थिक क्षेत्र ऐन, ०७३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, ०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, ०७५, वन ऐन ०७६ र औद्योगिक व्यवसाय ऐन, ०७६ लाई संशोधन गरिने स्रोतको भनाई छ ।

संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ। सोहि अनुसार सरकारले अध्यादेश ल्याउन लागेको हो। राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसले तुरुन्त ऐनको रुप लिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved