हज कमिटीको अध्यक्षमा रास्वपाका हाजी इश्रामुल्लाह मियाँ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 10:14:13 AM मा प्रकाशित

laxmi  sunrise bank

हज कमिटीको अध्यक्षमा हाजी इश्रामुल्लाह मियाँ नियुक्त भएका छन। गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मियाँलाई अध्यक्षमा नियुक्त गरेको हो। 

गृहमन्त्री रवि लामिछानेको सचिवालयअनुसार वैशाख दुई गतेको मन्त्रीस्तरीय निर्णयबाट मियाँलाई हज कमिटीको अध्यक्षमा नियुक्त गरिएको हो। उनले आज वैशाख १० गते सपथग्रहण गर्ने कार्यक्रम रहेको छ। 

मियाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सुरुवाती २१ केन्द्रिय सदस्य मध्येका एक सदस्य हुन् । विगतमा विभिन्न व्यवसायमा आवद्द रहेका मियाँ सामाजिक काममा सक्रिय रहँदै आएका छन् भने नेपालको मुस्लिम समुदायभित्र पनि राम्रो छवि भएका व्यक्ति हुन् ।  रामपुर पाल्पामा जन्मिएका मियाँ लामोसमयदेखि काठमान्डौमा बसोबास गर्दै आएका छन् । 

नेपालबाट साउदी अरबमा हजको लागि जान चाहनेहरुका लागि त्यसको सम्पूर्ण व्यवस्थापन तथा समन्वयको काम हज कमिटीले गर्दै आएको छ। प्रत्येक वर्ष हजको कोलागि विश्वभरबाट साउदी अरब जाने गर्दछन्। र नेपालबाट पनि प्रत्येक वर्ष हजको लागि जाने गर्दछन्। नेपालबाट हजको लागि साउदी जानलाई कोटा तोकिएको छ। 

प्रत्येक वर्ष हजमा जाने बेलामा कमजोर व्यवस्थापन तथा आर्थिक हिनामिना लगायतका विषयमा जोडिएर हजकमिटीको आलोचना हुँदै आएको छ। नेपालको मुस्लिम समुदायमा राम्रो छवि बनाएका मियाँबाट उचित व्यवस्थापन र पारदर्शिताको अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved