५ दिन नेपालका यी स्थानमा 'हिट वेभ' को सम्भावना, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 04:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा तातो दिन तथा तातो लहर सम्बन्धी चेतावनी जारी गरेको छ। महाशाखाले वैशाख ११ गतेदेखि वैशाख १४ गतेसम्मको चेतावनी जारी गरेको हो।

महाशाखाका अनुसार विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ। लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा बिगत दुई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा बिगत एक दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।



 महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र ) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ ।  तापक्रम बढ्ने भएको हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ती भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख १४ गते ) सम्म तातो हावा तथा तातो लहर (Heat wave) को सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।साथै पहाडी भू- भागका उपत्यका तथा खाँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले  महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

सम्भावित असर तथा सुझावहरू:

महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउनु पर्छ ।

उपायहरू

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ( पटक-पटक ) पानी तथा भोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved