एयर इन्डियाको नयाँ रेकर्ड: कुटनीति पनि 'ब्यालेन्स'मा राखेर एकसाथ ४७० वटा नयाँ जहाज अर्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 02:05:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय वायु सेवा कम्पनी 'एयर इन्डिया'ले एक साथ ४७० वटा नयाँ जहाज खरिदको लागि अर्डर पेश गर्दै नयाँ इतिहास रचेको छ । कम्पनीले युरोपको कम्पनी एयरबसबाट २५० वटा जहाज र अमेरिकी कम्पनी बोइङबाट २२० वटा जहाज गरि कुल ४७० वटा कम्पनीको लागि आदर पेश गरेको घोषणा गरेको हो ।

युरोपेली कम्पनी एयरबस र अमेरिकी कम्पनी बोइङ प्रतिस्पर्धी कम्पनीहरु हुन् । एयर इन्डियाले यी दुवै कम्पनीबाट जहाज किन्न लागेको हो । 

कम्पनीले एयरबससँग २१० वटा न्यारोबडी जहाज र बाँकि ४० वटा वाइडबडी जहाज किन्ने छ । त्यस्तै बोइङसँग १९० वटा न्यारो बडी, २० वटा ड्रिमलाइनर र १० वटा वाइड बडी जहाज किन्न लागेको छ । 

विश्वभरका एयरलाइन्सहरूले कोरोना महामारीको समयमा ठूलो घाटा बेहोरेको थिए । तर यात्रा प्रतिबन्धहरू कम भएकाले हवाई यात्राको माग फेरि बढेको छ। एशियामा विमान यात्रुहरूको संख्या आउँदो दशकहरूमा उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।   देशहरू धनी हुँदै गएका छन्।  सोहि कारण कम्पनीले ठूलो मात्रा जहाज खरिद गर्न लागेको छ।  

एयर इन्डियाको यो कदम व्यापारिक मात्र नभई कुटनीतिक रुपमा पनि महत्वका साथ हेरिएको छ ।  एयर इन्डियाले एक भर्चुअल कार्यक्रम गरेर जहाज खरिद गर्ने घोषणा गरेको हो । उक्त कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुअल मेक्रोन पनि सहभागी थिए । त्यस्तै बोइङसँग जहाज किन्ने घोषणा अमेरिकी राष्ट्रपति जो बाईडेनले सार्वजनिक गरेका हुन् । टाटाको स्वामित्वमा रहेको एयर इन्डियाले आफ्नो देशको प्रधानमन्त्रीलाई समेत राखेर गरिएको घोषणालाई महत्वको साथ हेरिएको छ । साथै भारतले युरोप र अमेरिका दुवै सँग पनि ठूलो संख्यामा जहाज किनेर कुटनीतिलाई पनि ब्यालेन्समा राख्ने कोशिस गरेको छ ।  

एयर इन्डिया सन् १९३२ मा स्थापना भएको थियो । सन् १९५३ मा त्यहाँको सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो ।  सन् २०२२ मा भारत सरकारले फेरी एयर इन्डियालाई टाटालाई नै बिक्रि गरेको हो। 

एयर इन्डियाले एकै पटक खरिद गर्न लागेको जहाजको संख्याले विश्वको उड्डयन इतिहास कै ठूलो हो । यस अघि इन्डिगोले सन् २०१७ मा ४२० जहाज अर्डर गरेको थियो भने अमेरिकन एयरलायन्सले सन् २०११ मा ४६० जहाज अर्डर गरेको थियो । एयर इन्डियाले यी दुवै रेकर्ड ब्रेक गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved