सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारत असन्तुष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 10:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयलाई लिएर भारतले असन्तुष्टि जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। 

चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका जयशंकरले पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा असन्तुष्टि ब्यक्त गरेका हुन। यस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयलाई नेपालको एकल निर्णय भनेका छन्। 

भुवनेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जयशंकरले भने, “हाम्रो अडान एकदम स्पष्ट छ। नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । त्यसको बीचमा, तिनीहरूले एकतर्फी रूपमा आफ्नो पक्षमा केही उपायहरू गरे। ”

सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको कुनै अर्थ नभएकाले धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्ने उनको धारणा रहेको छ।  नेपालको यो निर्णयले परिस्थिति र वास्तविकतालाई परिवर्तन नगर्ने उनले बताएका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको हो।  हालसम्म पुरानो नक्सा प्रयोग गरिँदै आएकामा नयाँ नक्सा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको नेपालको नयाँ नक्सा स्वीकृत गर्ने निर्णय गरेको थियो।

यससँगै संविधानसमेत संशोधन गरेर उक्त नक्सालाई नेपालको निसान छापमा समेत राखिएको थियो। तर, सयको नोटमा भने पुरानै नक्सा थियो। मन्त्रिपरिषद् बैठकले ‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved