नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकद्धारा बृद्धा आश्रमलाई खाद्यान्न सहयोग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 03:41:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक वुटवलले आफ्नो स्थापनाको आठौं बर्षमा प्रवेश गरेको अवसरमा श्री शिद्धवावा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाआश्रम, मैनावगर, वुटवललाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई  २३ हजार चार सय ४० वरावरको खाद्यान सहयोग गरेको हो। 

बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेले बृद्धाआश्रममै पुगी आश्रमका अध्यक्ष महेश्वरलाल श्रेष्ठलाई एक समारोहका बिच उक्त सहयोग शुक्रबार हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको र भविष्यमा पनि यस्ता सहयोगहरु निरन्तर रुपमा गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए । 

बैंकले रुपन्देही, नवलपरासी र चितवन लगायतका १० वटा शाखा तथा विस्तारित शाखा कार्यालय मार्फत २४ हजार निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., आईपीएस, एसएमएस, इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ् सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।  

यस अवधिमा बैंकको चुक्ता पूँजि २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप २ अर्ब ६ करोड, कर्जा लगानी १ अर्ब ६३ करोड र निष्कृय कर्जा ०.७९ प्रतिशत रहेको छ। गत आर्थिक बर्ष बैंकले ५ करोड ६७ लाख संचालन मुनाफा रहेको छ ।

बैंकले १० बराबर १२ कित्ता सेयर अर्थात १२० प्रतिशतका दरले असोज २६ देखि कात्तिक २९ सम्मका लागि हकप्रद बिक्रि गरिरहेको छ। बैंकले  २६ करोड ४३ लाख रुपैयाँ बराबरको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो। १२० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ४६ लाख पुग्नेछ।    



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved