सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००÷– अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो ।