माइक्रोसफ्टले डाटा सेन्टर बनाउन भारतमा किन्यो ३८१ रोपनी जग्गा, सवा ४ अर्बको डिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 07:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले डाटा सेन्टर निर्माणको लागि भारतमा जग्गा खरिद गरेको छ । कम्पनीले भारतको हैदरावादमामा ३८१ रोपनी जग्गा खरिद गरेको हो ।

इकोनोमिक टाइम्सका अनुसार कम्पनीले ४८ एकड अर्थात् ३८१ रोपनी १३ आना जग्गा खरिद गरेको हो । कम्पनीले जग्गा कारोबार गर्ने कम्पनी साई बालाजी डेभलपपर्ससँग यो जग्गा खरिद गरेको हो । यो जग्गा २६७ करोड भारतीय रुपैयाँमा खरिद गरेको बताईएको छ, जुन नेपाली रुपैयाँ अनुसार ४ अर्ब २७ करोड बढी हुन आउँछ।

माइक्रोसफ्टले यस क्षेत्र कै सबैभन्दा ठूलो र अत्याधुनिक डाटा सेन्टर हैदरावादमा बनाउने तयारी गरेको छ । भारतको पूणे, मुम्बई र चेन्नईमा विगत ५ वर्षदेखि कम्पनीको डाटा सेन्टर संचालन छन्। कम्पनीले हैदरावादमाति भन्दा ठूलो डाटा सेन्टर निर्माणको योजना बनाएको हो ।

माइक्रोसफ्टले हाल हैदरावाद बाहिर इन्डिया डेभलपमेन्ट सेन्टर पनि चलाईरहेको छ, जुन ४२९ रोपनीमा फैलिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved