जनता बैंकको नयाँ शाखा दोर्दी गाउँपालिकामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 25, 2018 | 01:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बैंकले आज फागुन १३  गते देखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामानयाँशाखाबाटकारोवार सुभारम्भ गरेको हो  ।

नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पु¥याउने नीति अनुरुप यो शाखा खोलिएको बैंकले जनाएको छ  । दोर्दी गाउँपालिकावडा नं. ४ मा रहेको यो बैंकको ९५ औं शाखा हो । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ । 

यस सगै बैंकले देशभरीबाट ९५ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved