मुक्तिनाथ विकास बैंकको ५ नयाँ शाखा संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 06:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले एक साथ ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर , सुनसरी जिल्लाको इटहरी तथा इनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको हो । 

बर्दीबास शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष   प्रहल्लाद क्षेत्री, रौतहट शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना, ईटहरी शाखाको समुद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस कुमार विष्ट, इनरुवा शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजिब कोइराला तथा दमक शाखाको समुद्घाटन दमक नगरपालिका मेयर  रोमनाथ ओलीले गरेका हुन् । 

 बैंकले ९५ वटा शाखा तथा १५ वटा ए.टि.एम मार्फत बैंकिंग सेवा प्रदान गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved