आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited मा सहज रुपमा कर्जा सुविधा पाउने भएका छन् । बैंक र मोटर्सबीच भएका ब्यापार सम्झौता अनुसार ग्राहकले अशोक लेल्याण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल ९४ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।