सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 09:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ८ सय रुपैयाँले घटेर ६९ हजार २ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । 

चाँदी आज तोलामा १५ रुपैयाँले सस्तो हुँदै तोलाको ८२५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ३३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ५९ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

यो पनिः

ट्रम्पमाथिको महाअभियोग तयारीले सुनको भाउ ओरालो, अझै कति घट्छ ?

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved