तिर्खाको कारण ४४ जनाको मृत्यु, ६ महिला मात्रै बाच्न सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2017 | 09:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

रेडक्रसले उत्तरी नाइजरको सहारा रेगिस्तान स्थितको सडकमा गाडी खराब हुँदा ४४ जनाको मृत्यु भएको छ। रेड क्रसका लावल ताहेरका अनुसार गाडीमा यात्रा गरेका ४४ जनाको तिर्खाका कारण मृत्यु भएको हो भने बाँकी ६ जना नाइजरको दिरकु गाउँ पुगेर आफ्नो ज्यान बचाउन सफल भएका छन। बाच्नेमा सबै महिला रहेको उनले बताए। 

तिर्खाको कारण मारिनेमा अधिकांश बालक बालिकाहरु रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन। नाइजेरियाको एक अनलाइन पत्रिका साहेलिनको अनुसार घाना र नाइजेरियाबाट यी मानिसहरु लिबिया जादै थिए। ताहेरको अनुसार अहिलेसम्म मृतकहरुको पहिचानको लागि कोहि पनि त्यहाँ पुगेका छैनन्। 

उत्तरी अफ्रिका पुग्नका लागि नाइजरबाट प्रवासीहरु प्रायजसो यहि बाटो लिबिया जाने गर्दछन। त्यहाँबाट अगाडी उनीहरु युरोप जानका लागि भूमध्य सागर पारी जानु पर्छ। 

समाचार एजेन्सी रायटर्सका अनुसार प्रवासीका लागि साहाराको यो सडक सबै भन्दा कठिन हुने गर्दछ। यसलाई पार गर्नका लागि ट्रकमा कोचिएर जाने गर्दछन र यसका लागि केहि लिटर पानिमा उनीहरु भर पर्नु पर्ने हुन्छ। 

अधिकारिहरुले रायटर्सलाई दिएको जानकारी अनुसार साहरा जस्तो एक बिशाल क्षेत्रमा कति मानिस मारिन्छन यसको पुष्टि गर्न झन्डै असम्भब जस्तै हो। गत बर्ष जुनमा अल्जेरियाबाट नजिकैको नाइजरको सिमाना नजिक ३४ प्रवासीको शब भेटिएको थियो। जसमा २० बच्चा रहेका थिए। 

नाइजेरियाका पत्रकार मार्टिन पेशेसको भनाई अनुसार सहारा हुँदै जाने बाटोमा गाडी खराब हुनु भनेको यात्रा गर्नेहरु मृत्युको नजिक पुग्नु हो। उनका अनुसार राम्रो जिन्दगिको खोजिमा युरोप जान चाहानेका लागि नाइजर एक महत्त्वपूर्ण क्षेत्र हो। हरेक बर्ष हजारौँ मानिसहरु यहि बाटो हुँदै लिबिया जाने गर्दछन र त्यहाबाट उनीहरु युरोप जाने गर्दछन। 

उनि भन्छन 'हरेक बर्ष सहारामा कति मानिस मारिन्छन यसको ठोस विवरणबारे बोल्नु असम्भब नै हो, यो बिशाल क्षेत्र सरकारी निगरानी भन्दा बाहिर रहेको छ। कयौं प्रवासी तिर्खाले मर्ने गर्दछन भने कयौं त्यहाँका अपराधी या सुरक्षाकर्मीबाट लुटिने गर्दछन' 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved