रसुवागढी र सान्जेंनको आईपिओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 05:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रो र सान्जेंन जलविद्युतले निष्काशन गरेको आईपिओमा उत्साहजनक आवेदन परेको छ । दुवै कम्पनीले बैशाख ६ गते आईपिओ निष्काशन गरेका थिए । 

 रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन बेलुका ५ बजेसम्ममा ३ लाख ७ हजार ७५ आवेदकबाट १ करोड ७६ लाख ४५ हजार २ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १.८८ गुणा बढी आवेदन हो । आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि थपघट हुन् सक्ने छ । 

त्यस्तै सान्जेंन जलविद्युतले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९ हजार  कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।  बाँकि रहेको ४९ लाख ८२ हजार  २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  ।

कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन बेलुका ५ बजे सम्ममा ३ लाख ४ हजार ६९ वेदकबाट १ करोड ४१ लाख ३२ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको छ  । यो माग भन्दा २.८३ गुणा बढीको आवेदन हो  । आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि थपघट हुन् सक्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved