ढुक्क भएर लगानी गर्नुहोस, सेयरमा भ्याट लाग्दैन- केपी ओली (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 03:28:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बन्ने सरकारका कारण सेयर बजारका लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन। नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारका कारण लगानीकर्तालाई नआत्तिन आग्रह गरेका हुन। 

पछिल्लो समय भ्याट र कालोधनको गलत व्याख्याले सेयर बजारका लगानीकर्तालाई अत्त्याउने काम भएको भन्दै एमाले अध्यक्ष ओलीले यस्ता गलत अफवाहमा नफस्न आग्रह गरेका छन। 'काम चलाउ सरकारबाट गलत मनसायले गलत काम भएको छ, त्यसैको एउटा रुप हो सेयरबजारमा भ्याटको बिषय' ओलीले भने, 'भ्याटको अन्यौलमा नपर्नुहोस, बाम सरकार निर्माणसंगै सेयर बजारमा असाधारण सुधार आउँछ, ढुक्क भएर लगानी गर्नुहोस।'

काम चलाउको हैसियतमा पुगेको देउवा सरकारले लगानीकर्तामा बाम सरकारप्रतिको धारणालाई नकरात्मक बनाउन अनेक प्रपन्च रचेको र बाम सरकार आएपछी सेयर बजार प्रभावित हुन्छ भन्दै 'मार्केटिङ' गरेको ओलीले आरोप लगाए।

ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा सेयरमा भ्याट लगाउने षडयन्त्र भैरहेको आरोप पनि लगाए। ओलीले सेयरमा भ्याट लाग्न नदिने पनि प्रतिबद्दता जनाउदै अफवाहको पछि नलाग्न आग्रह गरे । एमाले अध्यक्ष ओलीले शेयर बजार नियतवस गिरावट ल्याएर वामपन्थीलाई पत्याएन भन्ने पारिएको भन्दै भावावेशमा आएर काम नगर्न आग्रह गरे ।

ओलीले सेयर बजारका लगानीकर्तालाई नआत्तिन अनुरोध गरेका छन् । उनले लगानीकर्ता नआत्तिन आग्रह गर्दै बामपन्थी सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने दावी पनि गरेका छन् । नयाँ सरकारले लिने नितीका कारण सेयर बजार उकालो लाग्ने उनको कथन थियो। उनले विकास आफ्नो पार्टीको उद्देश्य भएको बताउँदै व्यवसायीहरुलाई नयाँ सरकार बनेको दिन दीपावली मनाउन सुझाव दिएका छन् ।

अर्को प्रसंगमा बोल्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाले राज्यको ढुकुटीमा अर्बौ भार पर्ने गरी गरेका सबै निर्णय खारेज गर्ने दोहोर्याएका छन्। ओलीले काम चलाउ वर्तमान सरकारले राज्य ढुकुटीको दोहन गरिरहेको आरोप लगाउदै त्यस्ता निर्णय खारेज गर्ने स्पष्ट पारेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved