नियम बिपरित लगानी गर्ने म्युचुअल फण्डलाई कारबाही, मुद्दतिमा पैसा नराखेको सीबीआइएलको दाबि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 29, 2018 | 08:33:52 PM मा प्रकाशित

laxmi  sunrise bank

म्युचुअल फण्डहरुले स्थापनाको उदेश्य बिपरित लगानी गर्न थालेपछी नियामक नेपाल धितोपत्र बोर्डले चाँसो व्यक्त गरेको छ। केहि म्युचुअल फण्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को व्यवस्था बिपरित मुद्दती निक्षेपमा लगानी गरेको समाचार बिजपाटी डटकमले प्रकाशित गरेपछि धितोपत्र बोर्डले चाँसो व्यक्त गरेको हो। 

'म्युचुअल फण्डहरुलाई स्थापनाको उदेश्य बिपरित लगानी गर्न पाउने छुट छैन' धितोपत्र बोर्डका सहायक प्रवक्ता निरंजय घिमिरेले बिजपाटीलाई भने, 'बैंक निक्षेपमा नियम बिपरित लगानी भए नभएको अध्ययन गर्छौं, त्यस्तो पाइएमा कारबाहीको प्रक्रिया थाल्छौं।' 

यता सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिर दाहालले आफुहरुले नियम बिपरित लगानी नगरेको दाबि गरेका छन। उनले राम्रो ब्याज आउने गरि बैंकमा पैसा राखेको भएपनि मुद्दती निक्षेपमा सामुहिक लगानी कोष नियमावली २०६७ बिपरित पैसा नराखेको बताए। 

स्थिर रुपमा ब्याज आउने भएकाले त्यसलाई स्थिर आय उपकरणमा राखिएको जानकारी दिंदै सीईओ दाहालले भने, 'जति बेला पैसा चाहिन्छ, त्यति बेला झिक्न मिल्ने गरि राम्रो ब्याजदरमा बैंकमा पैसा राखेका छौं तर मुद्दती निक्षेपमा राखेको छैनौं।' राम्रो आम्दानि हुनेगरि फण्ड व्यवस्थापन गर्नुपर्ने भएकाले 'बिशेष खाता' मा पैसा राखेको उनको भनाई छ।

सीईओ दाहालले इकाईधनिहरुलाई बढी प्रतिफल दिन आम्दानिको बिशेष उपकरण प्रयोग गरेपनि यस्तो कार्य म्युचुअल फण्ड जुन उदेश्यका लागि संचालनमा ल्याइएको हो त्यसको सिद्दान्थ बिपरित भएको स्पष्ट छ। 

सिअाईवीएलले सार्वजनिक गरेको रिपोर्टमा संकलित रकमकाे अत्यधिक हिस्सा `स्थीर अाय उपकरण´मा राखेकाे छ, जुन स्थानमा अन्य म्युचुअलले मुद्दती वचत देखाएका छन। यस हिसावले जुन शीर्षक भनिएतापनि सिअाविएलले दीर्घकालीन वा अल्पकालीन मुद्दतीमा उक्त रकम परिचालन गरेको  सहजै अनुमान गर्न सकिन्छ।

'शेयरबजारमा लगानी गरि धितोपत्र बजारको माग र आपूर्तिलाई समेत सन्तुलन गर्ने जिम्मेवारी लिएर संचालनमा आएका म्युचुअल फण्डले कोष प्रवर्द्धकका लागि रकमको जोहो गर्नु भनेको सिद्दान्त बिपरित हो' एक सेयर विश्लेषकले भने, 'धितोपत्रमा लगानी गर्न म्युचुअल फण्डको लाइसेन्स र अन्य सुविधा दिईएको हो, बैंकमा पैसा थुपार्न होइन।'

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को (ङ) मा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्न सकिने व्यवस्था गरेको छ।    

सीबिआईएल क्यापिटलले संचालनमा ल्याएको सिटिजन म्युचुअल फन्ड-१ लगायतका म्युचुअल फन्डले नियम बिपरित बैंक निक्षेपमा लगानी गरेको पाईएपछी बिजपाटी डटकमले 'नियम बिपरित लगानी गर्दै म्युचुअल फण्ड, नियमावलीकाे धज्जी उडाईदा नियामक किन मौन?' शिर्षकमा समाचार  लेखेको थियो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved