नबिलको म्युचल फण्डमा आवेदन दिने आज अन्तिम दिन, २ सय प्रतिशतसम्म प्रतिफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 08:14:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले निष्काशन गरेको  नबिल ब्यालेन्स फण्ड २ को इकाईमा आवेदन दिने आज जेठ ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ५ देखि सर्वसाधारणलाई उक्त सामुहिक लगानी योजनाको इकाई निष्काशन गरेको हो  ।  

कम्पनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई सार्वजनिक निष्काशन गरेको हो । जस मध्ये  एक करोड ६८ लाख इकाई योजना नबिल बैंकको लागि र १२ लाख इकाई व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका छुट्याइएको छ ।  बाँकि १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई माग गर्नु पर्ने छ । प्रति इकाई १० रुपियाँका दरले सार्बजनिक निष्काशन हुन् लागेको हो ।

इकाईको बिक्रि प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।  यस योजनाको अवधि इकाई बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा रहने यस योजनालाई  ‘नबिल ब्यालेन्स फन्ड–२’ नाम दिईएको छ । यो नबिल म्युचल फन्ड अन्तर्गत संचालन हुने छ ।  अन्य आईपिओमा आवेदन दिए जसरी नै मेरो शेयर अनलाइन वा सीआश्वा प्रणाली मार्फत आवेदन दिन सकिने छ ।

यसमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीले १० बर्षको अवधिमा कुल २ सय दशमलव ०८ प्रतिशतसम्मको प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तो छ नबिल इन्भेस्टमेन्टले गरेको १० बर्षको लागि बार्षिक प्रक्षेपण ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved