एनसीसी बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 11:00:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक Nepal Credit & Commerce Bank Limited को शेयर मुल्य समायोजन भएको छ । बैंकले साधारणसभा र लाभांश वितरणको लागि आज बुक क्लोज गरेकोले शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि बैंकको शेयर मूल्य २०२.६१ कायम भएको छ । १५ प्रतिशत बोनसमा बैंकको मुल्य समायोजन भएको हो । माघ ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

बैंकले माघ १७ गते  आफ्नो २२ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन्  ।  हाल बैंकको चुक्तापुंजी ८ अर्ब १३ करोड छ भने बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी ९ अर्ब ३८ करोड पुग्नेछ। 

त्यस्तै सभाले सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने भएको छ। बैंकको नियमावलीमा भएको व्यवस्थाअनुसार यस पटक सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन हुन् लागेको हो। नियमावलीमा पहिलो पटक सर्वसाधारण समुहबाट र अर्को पटकका लागि संस्थापक समुहबाट महिला प्रतिनिधि हुने व्यवस्था छ।त्यस्तै सभामा अन्य बैंक वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव उल्लेख छ। 

  




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved