चन्द्रागिरी हिल्सले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 04:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २८ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । 

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० मा नै शेयर निष्काशन गर्ने छ । 

कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved