सरकारले खानीजन्य उदोग सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षबाट खानीजन्य उद्योग सञ्चालन गर्न दिने नीति लिईने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिईन् ।
आगामी आर्थि वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले वातावरणीय प्रभाव नपर्ने गरी खानीजन्य उद्योग सञ्चालनमा ल्याईने जानकारी दिएकी हुन् ।
सरकारले दैलेखमा पेट्रोलियम पादर्थको अन्वेषण गर्दै आएको छ । आगामी वर्ष अन्वेषणको काम सकिने सरकारको लक्ष्य छ ।