बजेटमा कर दर हेरफेर हुँदा प्रष्ट कारण खुलाइनेछः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 01:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटबाट करका दरहरु हेरफेर हुँदा स्पष्ट कारण उल्लेख गरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारणसभामा सम्बोधन गर्दै अर्थमन्त्री पुनले करको दर हेरफेर हुँदा होस् वा करको दायरा बढाइँदा त्यसको स्पष्ट कारण उल्लेख गरिने स्पष्ट पारेका हुन् ।

उनले बजेट निर्माण गर्दा कुनै पनि निश्चित व्यवसायिक घरानालाई लाभ हुने गरि आफूले काम नगर्ने भन्दै सामूहिक छलफल र सुझावका आधारमा बजेट बनाउने प्रतिवद्धता जनाए । 

‘म कुनै एक व्यवसायीलाई, मेरो आफ्नो पार्टीसँग नजिक भएकालाई लाभ हुने गरि काम गर्दिनँ, सामूहिक छलफलमा बसौँ, निस्किएका निष्कर्षका आधारमा काम गरौँ’ उनले भने, ‘मैले मन्त्री हुँदा कसैलाई लाभ हुने नीतिगत काम गरिदिएँ भने भविष्यमा मेरो शीर निहुरिनेछ, मन्त्री नरहँदा पनि तपाइहरुसँग आँखा जुधाएर कुनै पनि हिचकिचाहट बिना संवाद गर्न सक्ने गरि बजेट निर्माण गर्छु ।’

उनले बजेटमा राजस्व लक्ष्य नै बढी तोकिने गरेको भन्दै आफूले ‘करेक्सन’ गर्ने समेत प्रतिवद्धता जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved