वर्षमानलाई युवराज खतिवडाको सुझाव: बजेटको आकार ठूलो बनाउने जोखिम नलिनोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 12:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कुल ग्राहस्थ उत्पादनको अंक बढी देखाएर बजेटको आकार ठूलो बनाउने जोखिम नलिन सुझाव दिएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको ‘पूर्व बजेट छलफल’मा पूर्व अर्थमन्त्री डा. खतिवडाले बजेट भनेको आय व्ययको अनुमानित अंक भएकाले बजेट सुहाउँदो हुनुपर्ने सुझाव दिएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनसमेत सहभागी कार्यक्रममा उनले चालु आर्थिक वर्षको अन्त्यसम्म निकै माथि जान सक्यो भने पनि ग्राहस्थ उत्पादनको वृद्धिदर ३.५ प्रतिशतभन्दा बढी नहुने पनि बताए ।

‘अहिले ५३ खर्बको जीडीपी छ, चालु आर्थिक वर्षको अन्त्यसम्म यसमा ३.५ प्रतिशत नै वृद्धि हुँदा पनि ५५ खर्ब हाराहारी मात्रै हुन्छ’ उनले भने, ‘बजेट बनाउँदा रियल जीडीपी चलाउने काम नगरौँ, ६० खर्ब देखाएर यसमा १२ प्रतिशत बढ्ने गरि बजेट बनाउन खोजिएको छ भने यो जोखिम नलिउँ ।’

पूर्व अर्थमन्त्री डा. खतिवडाले बजेटको साख नगिराउन विश्वस्त स्रोतको मात्रै उपयोगको कुरा गर्नुपर्ने पनि बताए । 

‘बजेटको साख जोगाउँ, विश्वस्त कुरा मात्रै अनुमान गरौँ, अनुमान भनेर जथाभावी लक्ष्य राख्दै नहिडौँ’ उनले भने, ‘अर्धवार्षिक समीक्षाबाट १० प्रतिशतभन्दा बढी बजेटको संशोधन गर्ने र राजस्व लक्ष्य पनि घटाउने दिन आउन नदिउँ । मन्त्रालयमा बसेर बजेटको लक्ष्य संशोधन गर्ने अभ्यास फेरौँ । सार्वभौम संसदबाट पारित भएको बजेट घटबढ गर्ने काम पनि संसदबाटै गरौँ ।’

उनले बजेटले निर्धारण गरेका कर र राजस्वका लक्ष्यहरु संशोधन गर्दा पूरक बजेट ल्याएर संशोधित लक्ष्य निर्धारण गर्ने अभ्यास गर्न पनि सुझाएका छन् । 

‘हामी संदनबाट पारित भएर कार्यान्वयनमा आएको बजेटले लिएका लक्ष्यहरु पूरा नहुने देखिएपछि अर्धवार्षिक समीक्षा भनेर मन्त्रालयमा बसेर लक्ष्य घटाउँछौँ, यो राम्रो अभ्यास होइन, यो लोकतान्त्रिम मूल्य मान्यताभित्र पर्दैन’ उनले भने, ‘यदि बजेटको आकार र राजस्व लक्ष्य संशोधन गर्नुपर्ने भएमा संसदबाटै पारित गर्ने गरौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved