सरकारले दीगो पर्यटनका योजना सञ्चालन गरिने जनाएको छ । काठमाडौँस्थित त्रिभुवन विमानस्थल पूर्ण रुपमा बुटिक विमानस्थलका रुपमा सञ्चालन गरिने, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सञ्चालनमा आउने र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पनि आगामी वर्षबाटै सञ्चालनमा ल्याईने सरकारको नीति तथा कार्यक्रममा उल्लखे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजगढ विमानस्थलको काम आगामी वर्षबाटै सुरु गरिने जानकारी पनि दिइन् । ३ वटा आन्तरिक विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने र तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपर्युक्त स्थानमा आन्तरिक विमानस्थलको निर्माण कार्य पनि थालनी गरिने सरकारको लक्ष्य छ ।