बजेटबारे अध्यक्ष र वरिष्ठ उपाध्यक्षको प्रतिकृयाले उद्योग वाणिज्य महासंघमा ‘झगडा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 01:35:31 PM मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट भाषण लगत्तै प्रतिक्रिया दिए । आइतबार साँझ ६ः५५ बजे तिर अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सकेपछि तत्कालै अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकालले बजेटको स्वागत गरे । 

वरिष्ठ उपाध्यक्ष ढकालले त संसद भवन परिसरमै पत्रकारसँग कुरा गर्दै बजेटले ‘डोमेस्टिक प्रोडक्सन’लाई प्रोत्साहन गरेको भन्न भ्याए । 

अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेटको स्वागत गरेपछि महासंघभित्र अहिले झगडा सुरु भएको छ । बजेट सार्वजनिक भएपछि पदाधिकारी बैठक बसेर मात्रै महासंघका सदस्यहरुले एउटै धारणा सार्वजनिक गर्ने निर्णय भएपनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै उक्त निर्णय पालना नगरेको भन्दै आलोचना सुरु भएको छ । 

साना तथा मझौला उद्योगी व्यवसायीमा पर्ने प्रभाव, आयातकर्ता व्यवसायीले भोग्नुपर्ने समस्या, सानो आकारमा नेपालमै उत्पादित हुने बस्तु माथिको अस्वभाविक कर, आत्मनिर्भर उन्मुख भनिएका बस्तुमा दिईएको भन्सार छुट लगायतका विषयमा छलफल नै नगरी अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेट ‘राम्रो’ आयो भन्नु महासंघकै निर्णयको विरुद्द भएको अन्य सदस्यहरुले बताएका छन् । 

स्यानिटरी प्याड, तेल, मदिरा लगायतका उद्योगमा सरकारले लिएको नीति गलत भएपनि महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै संसद भवनको परिसरबाटै बजेटको स्वागत गरेर आफूहरुले बोल्ने ठाउँ नराखेको एक जना खाने तेल उत्पादन गर्ने उद्योगी बताउँछन् । 

निर्माण व्यवसायीले पनि १० करोड सम्मका निर्माण आयोजनाका काम श्रम सहकारीमार्फत गराउने व्यवस्था बजेट भाषणबाटै आउनु गलत भएको ठहर गरेका छन् । 

महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छलफल नगरी हतारमा प्रतिक्रिया दिएर गलत गरेको भन्दै आलोचना गरिरहेका साना तथा मझौला उद्योगीहरुलाई पूर्व अध्यक्ष चण्डीराज ढकालले साथ दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved