गभर्नरले भने 'मूल्य वृद्धिलाई बजेटले दिएको सीमा भित्र नै राख्ने प्रयास गर्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 04:20:55 PM मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धिलाई ७ प्रतिशत कै सीमा भित्र नै राख्न प्रयास गरिने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित बजेटबारेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीति तयार पार्दा मूल्य वृद्धिलाई ७ प्रतिशत कै सीमा भित्र नै राख्न प्रयास गरिने बताएका हुन्।

उनले बजेटले दिएको सीमा भित्र नै मूल्यवृद्धि राख्ने प्रयास गर्ने जनाएका हुन् । सरकारले सार्वजनिक गरेको बजेट बक्तब्यमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने उल्लेख छ।

गभर्नरले प्रयास गर्ने मात्र उल्लेख गरेकोले मूल्यवृद्धि सो सीमा भित्र रहनेमा राष्ट्र बैंक आफै विश्वस्त नरहेको देखिन्छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved