अर्थमन्त्रीले भने, ‘पत्रकारहरुलाई ऋण दिने कुरा बजेटमा लेख्न छुटेछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 04:36:24 PM मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले पत्रकाहरुलाई १० लाख रुपैयाँ सहुलियत ऋण दिने कुरा बजेटमा छुटेको बताएका छन् । 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबारे उठेका प्रश्नको जवाफ दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकार सहुलियपूर्ण कर्जा दिने विषय बजेटमा छुट्न गएको स्वीकार गरे । 

ुपत्रकारहरुलाई ऋण दिने भन्ने कुरा साँचो हो, हामीले त्यसको योजना बनाएका छौँ’ अर्थमन्त्री शर्माले भने, ‘बजेट वक्तव्यमा त्यो समावेश थियो, तर छुट्न पुगेछ, त्यसलाई हामी हामी लागु गर्छौँ, मौद्रिक नीतिमा त्यो कुरा आउँछ ।’ 

उनले पत्रकारहरुलाई १० लाख सहुलियत कर्जा दिने गरी कार्यविधि बनाउने दाबी गरे । 

उनले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिनेबारे मोडालिटी बनाएर लागु गर्ने बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved