बजेटमा समावेश गरिएको विषयहरु एकदमै सकारात्मक छन्: राष्ट्रिय व्यवसायी महासंघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 08:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो ।

बजेट स्वागत योग्य भएपनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखेको महासंघले बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहेपनि समग्रमा बजेट सकारात्मक रहेकाले स्वागत गरिएको बताए ।

‘सरकारले करको दरमा गरेको फेरवदल तथा कृषि क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएको विषयहरु एकदमै सकारात्मक छन्, सबैभन्दा खुसीको कुरा त देशलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको सुरुवात गरेको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृषि क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास सकारात्मक र स्वागत योग्य कुरा हो ।’

सरकारले औद्योगिक विकासका लागि कर छुटको योजना अघि सारेको छ । रुग्ण स्वदेशी उद्योगहरु पुनः सञ्चालनमा ल्याउने, कच्चा पदार्थ आयात गर्न, औद्योगिक सामाग्री आयात गर्न करमा सहुलियत दिने तथा नयाँ उदोग खोल्न सहजता प्रदान गर्ने नीति सरकारले लिएको छ ।

मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्ने लगायतका विषयहरु स्वागत योग्य रहेको महासंघको भनाइ छ ।

सरकारले स्वास्थ्य क्षेत्रलाई पनि बजेटमा राम्रै स्थान दिएको छ । सरकारले केही वस्तु तथा सेवाको आयातमा कडाइ गर्ने नीति समेत लिएको छ । विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो हो तर अत्यावश्यक वस्तुहरुमा कडाइ भने गर्न नहुने महासंघले बताएको छ । ‘बजेटमा भएका सकारात्मक पक्षहरुलाई चाडो भन्दा चाडो कार्यान्वयन गर्न र नीजि क्षेत्रका मुद्दाहरुमा नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग समेत सहकार्य गर्न सरकारसँग महासंघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved