सांसदहरुले 'सातो' लिएपछि झोँक्किदै निस्किए अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 10:16:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्मा संसदको उद्योग समितिमा झोँक्किएका छन् । 

स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट, सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट लगायतका विषयमा समितिका सदस्यहरुले स्वदेशी उद्योगहरुलाई मर्का पर्ने नीति किन लिएको भन्दै प्रश्न गरेपछि अर्थमन्त्री शर्मा झोँक्किएका हुन् । 

समितिको बैठकमा सांसदहरूले प्रश्न राखेर र्‍याख र्‍याख पारेपछि अर्थमन्त्री शर्मा झोँक्किदै निस्किए । उनले अहिले नभई २ देखि ३ वर्षपछि अहिलेको बजेटको मूल्यांकन हुने दाबी पनि गरे । 

समिति सभापति विमल श्रीवास्तव, सांसदहरु प्रकाश रसाइली स्नेही, सरिता गिरी लगायतले मन्त्रीको सातो लिएका थिए ।

जवाफका क्रममा अर्थमन्त्री शर्माले महिलाहरुले माईतीघरमा ‘रातो कर माफ गर’ भनेर आन्दोलन गरेपछि सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिईएको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved