जीवन बीमाको लागि महालक्ष्मी इन्स्योरेन्स नै किन रोज्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 01:03:37 PM मा प्रकाशित

कान्छो बीमा कम्पनीको रूपमा फागुन २७ देखि औपचारिक कारोबार थालेको महालक्ष्मी इन्स्योरेन्सले आकर्षक योजनासहित बजार बिस्तारमा आक्रामक देखिएको छ। संचालनमा आएको डेढ महिनामै देशभरका ४० भन्दा बढी जिल्लामा अभिकर्ता तालिम, अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न गरिसकेको छ।

बीमा समितिबाट २३ वटा शाखा संचालनको अनुमति लिएको महालक्ष्मीले देशका महत्त्वपूर्ण स्थानहरुमा आफ्नो उपस्तिथी जनाईसकेको छ। काठमाडौंमा १० वटा शाखा गरि देशका मुख्य मुख्य शहरहरुमा महालक्ष्मीले आफ्ना शाखा संचालनमा ल्याइएसकेको छ। छोटो अवधिमै आफ्नो उपस्तिथीको व्यापक प्रचार प्रसार गर्न सफल देखिएको महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग जीवन बीमाको लागि महालक्ष्मी नै किन भन्नेबारे सोधिएको प्रश्नको जवाफ जस्ताको त्य्स्तै:

जीवन बीमाको लागी महालक्ष्मी इन्स्योरेन्स नै रोज्नुपर्ने कारणहरु धेरैछ्न। य्स्बारे मैले बिभिन्न फोरममा बोलेको छु। पहिलो कारण महालक्ष्मीमा ५ वटा बैंकको लगानी रहेको छ। त्यसैले पनि यो बलियो छ।

दोस्रो कारणमा लामो समयदेखि जीवन बीमामा काम गरिरहेका व्यक्तिहरुको संयुक्त टिम छ महालक्ष्मीमा। मैले नै दुईवटा कम्पनीको सफल नेतृत्त्व गरिसकेको छु।

तेस्रो पोइन्ट, महालक्ष्मीको प्रोडक्ट नै युनिक छ। महालक्ष्मी डबल बीमा योजना, महालक्ष्मी लगानी फिर्ता योजना जस्ता युनिक बीमा प्रोडक्ट हामीले ल्याएका छौँ। हिजोका दिनमा बीमा कम्पनीले पैसा डबल हुन्छ भनेर बीमा पोलिसी बेचेका थिए त्यसैले त्यहि सेन्टिमेन्ट र आवश्यकतालाई ध्यानमा राखेर हामीले यो योजना ल्याएका छौँ।

अर्को तर्फ निर्जिबन बीमा कम्पनीहरुले टर्म पोलिसी बिक्रि गर्दै आएका थिए। औषतमा ४-५ प्रतिशतले मात्रै टर्म पोलिसीबाट फाइदा उठाएको पाइन्छ बाँकीले यसबाट प्रत्यक्ष लाभ लिन नपाएको अवस्था छन। पैसा तिरेर अन्तिममा कुनै सुविधा नपाउँदा टर्म पोलिसी लिंनेको मन पोलेको थियो। यहीं 'ग्याप' लाई ध्यानमा राखेर महालक्ष्मीले 'महालक्ष्मी लगानी फिर्ता योजना' ल्याएको हो। दुर्घटना नहुनेले पनि फाइदा पाउन भन्ने उदेश्यले हामीलाई थोरै फाइदा हुने गरि यो योजना ल्याएका हौँ। यस योजनामा निश्चित अवधिका लागि पैसा तिर्दा जोखिम कभर हुन्छ, निश्चित अवधि भित्र कुनै दुर्घटना भएन भने बिमितले तिरेको पैसा फिर्ता पाउँछ। यस्तो बीमा पोलिसी बजारमा अरु कोहिसंग छैन।

चौथोमा अभिकर्ताको युनिक संजाल हो। महालक्ष्मीमा अभिकर्ताको संजाल चार तहको छ। ए, बि, सी, डी गरि चार तहको संजाल छ। डी मा अभिकर्ता हुन्छ, त्यसमा उसले बेचेको पोलिसीको कमिशन पाउँछ। त्यसमा उसले बेचेको पोलिसीको आधारमा सी ले ३ प्रतिशत, बि ले ३ प्रतिशत  प्रतिशत, र ए ले २ प्रतिशत कमिशन पाउँछ। यसले अभिकर्तालाई फाइदाको साथै प्रोत्साहन पनि दिन्छ। यो चार तहको संजाल नै महालक्ष्मीको चौथो बलियो आधार हो।

पाँचौंमा महालक्ष्मी इन्स्योरेन्स विश्वको नम्बर एक पुनर्बिमा कम्पनीसंग हामि आबद्ध छौँ। यहाँका धेरै कम्पनीले जर्मनीको म्युनिखसंग आबद्द हुने प्रयास गरे तर हामि मात्र सफल भयौं। यो संस्थासंग आबद्द हुँदा हामीलाई एक करोडसम्मको एक्सीडेन्टल डेथ बेनिफिट दिएको छ। जुन अरु कुनै बीमा कम्पनीसंग यो सुविधा छैन। ४० लाखसम्मको नन मेडिकल सुविधा दिएको छ। हाम्रो कर्मचारीलाई अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्डअनुसारको तालिम समेत दिएको छ। यिनै पांच कारण महालक्ष्मी अरु भन्दा किन बलियो र उत्कृष्ट छ भन्ने आधार हो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved