
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड Asian Life Insurance Company Limited ले प्रदेश ५ सरकारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना रोग संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणको लागी प्रदेश ५ सरकारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीको तर्फबाट विभागीय प्रबन्धक तथा बुटवल शाखा प्रबन्धक कृष्ण कुमार पुरीले प्रदेश प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।