सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सोमबार बसेको संचालक समितिको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
खड्का यस अघि कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बीमा समितिले स्वीकृति दिएपछि कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।