प्रभु महालक्ष्मी लाईफको संयुक्त क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 02:55:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतिय विमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको कम्पनीले जनाएको छ ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved