माघ महिनामा लक्ष्य पुरा गर्ने अभिकर्तालाई नेशनल लाइफले गरायो घलेगाउँ भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 03:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ ।

नेशनल लाईफ इन्सोरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजनामा लक्ष्य पुरा गरेका अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गरा चर्चित राष्ट्रिय कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराएको थियो

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका २५० जना अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले घलेगाउँ भ्रमण गरेका थिए ।

घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा  समापन कार्यक्रम गरिएको थियो । कार्यक्रममा  उनले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने हुँदा अभिकर्ता सञ्जाललाई थप व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमको आयोजना आगामी दिनमा अझै गरिने बताउदै योजनामा छनौट हुन सफल अभिकर्ताहरुलाई बधाई ज्ञापन गरेका थिए

 कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीले एकल मनोरञ्जानात्क प्रस्तुती गरेका थिए । कार्यक्रममा सहभागीले नेपालका राष्ट्रिय चर्चित कलाकारसंग साक्षात्कार गर्ने अवसर जुराइदिएकोमा  कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।    

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved